प्युठानमा कक्षा ९ मा अध्यनरत छात्राले झाडीमा बच्चा फालेको आरोपमा प,क्राउ
माघ ५

प्युठान – प्यूठानको सरुमारानी गाउँपालिका–२ मा डस्टबिनभित्र नवजात शिशुको शव फालेको आरोपमा प्रहरीले दुई जनालाई प,क्राउ गरेको छ ।
बिहीबार बिहान फोहोर संकलनका लागि राखिएको डस्टबिनमा शिशुको शव भेटिएपछि प्रहरीले तालिमप्राप्त कुकरसहितको सहयोगमा अनुसन्धान अघि बढाएको थियो ।

जिल्ला प्रहरी कार्यालय, प्यूठानका डीएसपी दिपेश बस्यालका अनुसार बिहीबार राति नै शव फाल्ने किशोरी र किशोरलाई नियन्त्रणमा लिइएको हो । दुवै नाबालक भएकाले प्रहरीले परिचय खुलाएको छैन ।

स्थानीय प्रहरीको सहयोगमा अनुसन्धान गर्दैजाँदा कक्षा ९ मा अध्ययनरत १७ वर्षीया किशोरीले आफूले उक्त बच्चा फालेको स्वीकार गरेको बस्यालले जानकारी दिए ।
