सरकारले राहतमा त्रिपाल सेमेत नदिएपछी पीडित मकैको डाठ मुनि बस्न बाध्य
जाजरकोट – गत शुक्रबार राति भूकम्पबाट मृतक पिडितले अहिले सम्म राहत त के एउटा त्रिपाल समेत पाएका छैनन।
सरकारले राहतको नाममा पीडितलाई झनै पीडा थपेको उनिहरु बताउँछन। सरकारले अहिले सम्म कुनै पनि राहत नदिएको पिडितले बताएका छन।
उनीहरु अहिले सदरमुकाम खलङ्गाको नयाँ बस्तीस्थित सडकको किनारमा त्रिपाल टाँगेर रात बिताउँदै आएका छन् ।
यस्तै भूकम्पमा परेर घाईते उनीहरुलाई अहिले पनि भूकम्प गइरहेको र शरीर हल्लाइरहेको जस्तो समस्या देखिएको छ ।
खुल्ला सडकभन्दा माथि राति सुतिरहेको समयमा ‘हल्लायो हल्लायो’ भन्दै समय समयमा बोल्ने गरेको समेत पाईएको छ।
भूकम्पले मानसिक त्रासमा रहेका अधिकांश सदरमुकामवासी अहिले सडकको छेउछाउमा त्रिपालको सहारामा रातदिन कटाइरहेका छन् ।
सदरमुकामदेखि बाहिर घर भएर सदरमुकाम भाडामा बस्दै आएका सर्वसाधारण भाडाकै घर भत्किएपछि समस्यामा परेका छन् ।
यस्तै राहत सामग्रीस्वरुप आएको त्रिपाल, अन्य सामग्री घरधनिका नाममा आउने गरेपछि सदरमुकामबाहिर ठेगाना भएका पीडित सबैभन्दा बढी मारमा परेको भेरी नगरपालिका–३ थाप्लेका मिलन चदाराले बताए ।
वडा कार्यालयमा त्रिपाल माग्न जाँदा घरधनिबाहेक अन्यले नपाउने भनेपछि आफूहरु हैरानीमा परेको उनको भनाइ छ । खुल्ला चौरमा बस्दै आएको मिलनको परिवार अहिले राहत, माग्दा माग्दा हैरान भएपछि हाम्रो कोही रहन्छ जनाउँदै निराश भएका छन् । कार्तिक २४