साम्राज्ञीको पर्खाई ईन्टूलाई लण्डनमा मिन्टूलाई ,,
साउन ९ ,नेपालमा आज भोलि चलचित्र निर्माण गर्नेको घुईचो देखिन्छ। तेस्तै क्रममा असोज ५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘इन्टु मिन्टुले आफ्नो गीत रिलिज गरेको छ । प्रतिक्षित यो चलचित्रलाई रेनशा वान्तवा राइले निर्देशन गरेकी हुन् । लण्डनमा र नेपालमा खिचिएको चलचित्रको शिर्ष गीतमा मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र नव–नायक धिरज मगरलाई फिचरिङ गरिएको छ ।
गीतमा हर्कुलेस बस्नेत र निकिता थापाको स्वर छ । प्रभु शमशेर जबरा, प्रज्ज्वल शमशेर जबराले यो चलचित्रको निर्माण गरेका हुन् । सार्वजनिक गीतको लोकेशन आकर्षक र सानदर्भिक छ। चाहना मनमा बोलको भिडियोले दर्शक स्रोताको मन जित्ने निर्माण पक्षले जनायको छ।