भोजपुरमा ६ करोडमा निर्माणधिन पुल भाँचियो

भोजपुर – भोजपुरको इर्खुवा खोलामा निमार्णधीन पक्की पुलको संरचना भाँचिएको छ। षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवा खोलामा बन्दै गरेको पक्की पुल बिहीबार बिहान भाँचिएको हो ।

षडानन्द नगरपालिकाका प्रमुख सुरेशकुमार उदासका अनुसार पुल ढलान गर्नका लागि तयार पारिएको संरचना भाँचिएको हो ।
खोला फर्काएर टेको लगाएर फर्मा ठोकिएको थियो । त्यसमाथि फलामका छडहरू बाँध्ने काम भइरहेको थियो । हिजो बिहान अचानक पुल भाँचिएको हो ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९मा उक्त पुल ठेक्का लगाएको थियो । पुल दिव्यज्योति धनञ्जय जेभीले ६ करोड ३० लाख रूपैयाँमा निर्माण गरिरहेको थियो ।निर्माणधिन पुल भाँचिएका कारण मानवीय क्षति भएको छैन ।पुष १३