मलाई निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाए : मन्त्री ज्वाला
काठमान्डौ – भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आफूलाई निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाइदिएको बताएका छन्।
रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको विषयलाई लिएर आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले शुक्रबार मध्याह्न ललितपुरको बालकुमारीमा मन्त्री ज्वाला चढेको बा २ झ ५८६१ नम्बरको गाडी जलाइदिएका हुन।
म बालकुमारीबाट सातदोबाटोतर्फ जाँदै थिएँ। हतारमा पनि थिएँ। बीचमा इपिएसवालाको लफडा चलिरहेको रहेछ।मलाई थाहा थिएन। उनीहरू आन्दोलन गरिरहेका थिए।
प्रहरीसँग पनि तनाबकै अवस्था रहेछ। हाम्रो गाडीलाई बीचमा पारिहाले। निशानामा हामी पर्यौं। उनीहरूले पहिले हावा खुस्काए। धकेलाधकेल गर्न थाले। मैले केही मेसै पाइनँ उनले भने।
आफूसहित दुई जना पिएसओ र चालक सकुशल निस्किए पनि मन्त्रालयका कागजात जलाएको उनले बताए।
हामी त कसोकसो उम्कियौं। ल्यापटप, मन्त्रालयसँग सम्बन्धित कागजात केही निकाल्न पाइएन। सबै त्यहीँ पर्यो। हामी भीडबाट सकुशल उम्कियौं। गाडीचाहिँ पूरै आगो लगाएका छन्। त्यहाँ अहिले पनि तनाबकै अवस्था छ उनले भने ।
आन्दोलनकारीमाथी प्रहरीले गोलि चलाउदा दुई जनाको मृत्युु भएको छ। घटनाको छानबिन गर्न गृहमन्त्रालयले छानबिन समिती गठन गरेको छ। पुस १३