बालकुमारीमा प्रहरीले गोलि हान्दा दुई जनाको मृत्यु

काठमान्डौ – काठमाडौको बालकुमारीमा प्रहरीले गोलि हान्दा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साह रहेका छन।

आन्दोलनको क्रममा घाइते भएकाहरुको उपचारका क्रममा उनीहरुको ज्यान गएको हो।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर ललितपुरको बालकुमारीमा युवाहरुले गरेको प्रदर्शनमा प्रहरीको गोली लागि उनिहरुको ज्यान गएको हो।

त्यसअघि प्रदर्शनमा उत्रिएका युवाहरुले सडक अवरुद्ध पार्दै गाडीमा आगजानी गरेका थिए ।
भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले शुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका थिए । पुस १३