देशभरका एनालग केबल टेलिभिजन सेवा बन्द सुरु ,,
साउन,१२ काठमाडौं – सरकारले आगामी देशभरका सबै एनालग टेलिभिजन बन्द गराउन अनुगमन सुरु गरेको छ । सरकारले देशभरि एनालग टेलिभिजन सेवा बन्द गर्न असार मसान्तसम्मको समय दिएको थियो । अब चल्ने एनागल केबल टेलिभिजन ‘अवैध ठहरिनेछ । टेलिभिजनको डिजिटाइजेशनलाई बाध्यात्मक बनाउन सरकारले नेपालको पूर्वी क्षेत्रबाट एनालग केबल टेलिभिजन बन्द गर्न सुरु गरेको हो ।
बिराटनगर र इटहरी क्षेत्रमा एनालग केबल टेलिभिजन बन्द गरिएको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सहप्रवक्ता मुकुन्द शर्माले जानकारी दिए ।अब देशभरका एनालग टेलिभिजन सेवा दिने केबलहरू स्वीच अफ गर्दैछौं । एनालगको लाइसेन्स लिएकाहरुलाई डिजिटलमा रुपान्तरण हुन बाध्यात्मक रुपमा गरिएको व्यवस्था कार्यान्वयनका लागि देशभर अनुगमन गर्दैछौं,’ शर्माले भने ।
सर्वोच्च अदालतले पनि एनालग केबल टेलिभिजनहरु बन्द गर्ने सरकारी निर्णय कार्यान्यवन नगर्न भन्दै परेको रिट खारेज गरेर बाटो खोलिदिएको थियो ।सरकारले गत कात्तिक १५ गतेपछि एनालग प्रविधिमा चलिरहेका नगरहरुका केबल टेलिभिजन बन्द गर्न समयसीमा दिएको थियो । यस्तै अघिल्लो वर्षको वैशाख १५ पछि काठमाडौं सहित ललितपुर, वीरगञ्ज, विराटनगर, पोखरामा एनागल केबल टेलिभिजन बन्द गर्ने निर्णय भएको थियो । काठमाण्डौमा यो कडाईका साथ् लागु भयपनी अन्य क्षेत्रमा लागु भने भयको थियन तर यसपटक भने यो सेवा देश भर बन्द हुने भयको छ दुर्गममा भने स्थान हेरेर लागु हुने छ एनागल टेलिभिजनको सेवा गुणस्तरीय र समयसापेक्ष नभएकाले अन्तर्राष्ट्रिय नियमअनुसार नै यसलाई विस्थापन गर्न लागिएको सरकारको भनाई छ ।