मृग नयनी आँखा तिम्रा …

साउन १३ ,काठमाण्डौ – भुमोन कटुवालको निर्देशन रहेको चलचित्र यहि १८ गतेबाट रिलिज हुने भयको छ। चलचित्र ‘झमकबहादुर’मा समावेश ‘मृग नयनी तिम्रो आँखामा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार मिनकुमार तामाङ र सुजाता थापालाई फिचरिङ गरिएको छ । गीतमा मेलिना राई र ओम सुनारको स्वर, तीर्थ दामलीको शब्द छ । ट्रेलर सार्वजनिक भएसँगै साउथ चलचित्र ‘मुम्बई एक्सप्रेस’बाट कपि गरिएको भन्दै यसको चर्को आलोचना भयपछि पुन :अर्को ट्रेलर सार्बजानिक गरेको छ ।

जीवन थापाको नृत्य निर्देशन रहेको यो गीतको छायांकन चितवन, पोखरा र काठमाण्डौमा गरिएको हो । चलचित्रमा नुपविक्रम शाही, यादव देवकोटा, राजु कमेडी, मिन कुमार तामाङ, सुजाता थापा, कल्याण अधिकारी, रवि महर्जन लगायतका कलाकारको मुख्य भूमिका छ । पवन गौतमको छायांकन, अनिल महर्जनको सम्पादन, राजु किरातको एक्सन रहेको  चलचित्रलाई मिन कुमार तामाङले निर्माण गरेका हुन् ।

https://youtu.be/hLCQFQQqpfk