ईण्डोनेसियामा शक्तिशाली भुकम्प १० भन्दा बढीको मृतु ,,
१३ साउन, काठमाडौं । इण्डोनेसियामा आज बिहान ७ बजे गयको भूकम्पमा परी १० जनाको मृत्यु भएको छ । भूकम्पको केन्द्र चर्चित पर्यटकीय क्षेत्र लोमबोक रहेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।स्थानीय समयअनुसार विहान ७ बजे ६.४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पका कारण धेरै घरमा क्षति पुगेको छ भने थुप्रै मानिस घाइते भएको सरकारी अधिकारीहरुले बताएका छन् । अहिले स्थानिय लगायत प्रहरी आ आफ्नो ठाँउबाट उद्दार कार्यमा लागिरहेका छन् ।