सहकारी ठगी प्रकरणका रविलाई प्रधानमन्त्रीको मल जल

काठमान्डौ – प्रधानमन्त्री प्रचण्डले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेलाई स सुनपानी छ्र्केका छन।

प्रधानमन्त्री दाहालले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने निर्दोष रहेको समेत ठोकुवा गरे।

मंगलबार सांसदहरूले उठाएका प्रश्नको प्रतिनिधिसभामा जबाफ दिँदै प्रधानमन्त्री दाहालले बिनाप्रमाण ठाडो उजुरीका भरमा गृहमन्त्री लामिछानेलाई सहकारी ठगी गरेको भन्नु जायज नहुने बताएका हुन्।

सूर्यदर्शन बचत तथा सहकारी संस्थाका एक हजारभन्दा बढी बचतकर्ताले आफ्नो रकम हिनामिना गरिएको भन्दै २०८० साउन २२ गते गरेको जाहेरी दरखास्तमा कसैको नाम किटिएको थिएन,’ प्रधानमन्त्री दाहालले भने।

उक्त जाहेरीबमोजिम प्रहरीले १९ जनालाई प्रतिवादी कायम गरी कास्की जिल्ला अदालतमा २०८० असोज १८ गते मुद्दा दायर गरेको पनि उनले बताए।

जुन मुद्दा अदालतमा विचाराधीन छ। प्रधानमन्त्री दाहालले मुद्दामा प्रतिवादी बनाइएका १९ जनामध्ये चारजना पक्राउ परेको र बाँकीलाई प्रहरीले खोजी गरिरहेको जानकारी गराए।

प्रधानमन्त्री दाहालले गत माघ १६ गते आएर कास्की जिल्ला प्रहरी कार्यालयमा पूरक जाहेरी दिइएको र त्यसमा लामिछानेसमेत १८ व्यक्ति र कम्पनीलाई विपक्षी बनाइएको बताए।

एक पटक अनुसन्धान सकिएर अदालतमा मुद्दा दायर भइसकेको मुद्दामा फेरि आधार र प्रमाणबिनाको जाहेरी दर्ता गर्न आवश्यक नभएको प्रधानमन्त्रीले बताए।

नेपाली काङ्ग्रेसले मुद्दा परेको व्याक्ती गृहमन्त्री हुननसक्ने भन्दै संसद अवरुद्ध गरिरहेको छ भने संसदीय छानबिन समितीको माग गरेको छ। चैत ८