भूकम्प पीडितहरुको आवासको लागि राखेको पैसा चोरेर भाग्ने बैंक कर्मचारी प*क्राउ

चैत ९

रुकुम पश्चिम् – रुकुम पश्चिमको आठविसकोट नगरपालिका ९ राडिमा रहेको प्रभु बैंकबाट करोडौ रकम अपचलन गरेर फरार रहेका बैक कर्मचारी प*क्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बैंकको अपरेशन ईन्चार्ज पदमा कार्यरत कर्मचारी निरज बिक्रम शाहलाई प*क्राउ गरेको छ । प*क्राउ परेका शाहलाई शुक्रबार पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरी निरिक्षक धर्मेन्द्र खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले चैत ८ गते बिहिबार शाहलाई बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १५ स्थित जमुनाहबाट नियन्त्रमा लिएको हो ।

शाहले बैंकमा कार्यरत रहँदा बैंकको खाताबाट एक करोड ३१ लाख २५ हजार रुपियाँ अपचलन गरेको भन्दै प्रभु बैंकका कर्णाली प्रदेश प्रमुख शरद राज तिमिल्सिनाले मुद्धा दर्ता गराएका थिए ।

तिमिल्सिनाले आठविसकोट नगरपालिकाको खाताको तीन वटा चेक मार्फत उक्त रकम अपचलन गरेको आरोपमा बैंकिङ कसुर शिर्षकमा मुद्धा चलेको थियो ।

प्रहरी नायब उपरिक्षक भट्टराईका अनुसार आठविसकोट नगरपालिकाको उक्त रकम भूकम्प पीडितहरुको अस्थायी आवास निर्माणका लागि निकासा गर्नलाई बैंकमा पठाईएको रुपियाँ हो ।

यस बाहेक अन्य सेवाग्राहिहरुको लाखौ रकम समेत कर्मचारी शाहले हिनामिना गरिएको देखिन आएको प्रहरीको भनाई रहेको छ।

शाहलाई उच्च अदालत सुर्खेतबाट सात दिन थुनामा राख्ने अनुमति लिएर आवश्यक अनुसन्धान सुरु गरिने भएको छ ।
यसरी बैंक मा राखेको पैसा कर्मचारीले झोम पारिदिएपछि
आठबिसकोट का सेवगराइ बैंक मा पैसा राख्न पनि डराएका छन ।