रुकुम चौरजहारी

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमण जाँदै

रुकुम आठ विसकोट

काठमान्डौ – उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमण जाने भएका छन।

विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी ११ गते देखि १९ गते सम्म चीनको औपचारिक भ्रमणमा जान लागेको मन्त्रालय श्रोतले जनाएको छ ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

यस्तै गरि भ्रमण उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङ र अन्य प्रान्तहरूमा जनवादी गणतन्त्र चीनका उच्चस्तरका विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ चैत १९ गते स्वदेश फर्किने कार्यक्रम रहेको मन्त्रालयले जानकारी दिएको छ । चैत १०