भुटानी शरणार्थी प्रकरणमा प* क्राउ परेका रायमाझीको मुटुमा सम्स्या
काठमान्डौ – नेपालीलाई भुटानी शरणार्थी बनाई बेचबिखन प्रकरणमा प*क्राउ परेका आरोपी तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीको मुटुमा समस्या देखिएपछि उपचार भइरहेको छ ।
रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा डाक्टरको निगरानीमा राखिएको प्रशासनले जनाएको छ ।
उनलाई मुटुमा समस्या भएपछि हिजो भर्ना गरिएको थियो । नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि पौडेलले मुटुको चालको निगरानी गर्न सेन्टरमा राखिएको बताए ।
अहिले रायमाझीको मुटुको इसिजी गरेर डाक्टरको निगरानीमा राखिएको छ । स्वास्थ्यमा ठूलो समस्या नभए पनि मुटुको चाल कम भएको डाक्टर पौडेलले बताए ।
सोही प्रकरणमा प*क्राउ परेका नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाण भने तीस लाख धरौटी राखेर निस्कीएका छन। चैत १५