रुकुम चौरजहारी

आज ठूलो हावा हुरि आउन सक्ने कुन प्रदेशमा

बैशाख ९

रुकुम आठ विसकोट

काठमान्डौ – आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

यस्तै कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक – दुइ ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई ठाउँमा पानी र हिउँ पर्ने सम्भावना छ ।

लुम्बिनी, मधेश र कोशी प्रदेशका तराई क्षेत्रका एक-दुई ठाउँमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले ती क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।