पोखरामा बाढिले घर पुरिदा एक जनाको ज्यान गयो
असार २६

पोखरा – कास्कीको पोखरा महानगरपालिका , २७ सहेलापाटामा पहिरोले घर पुरिँदा एक जनाको ,मृ,त्यु भएको छ ।
मृ,त्यु हुनेमा २२ वर्षीय भीमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी वसन्तकुमार शर्माले जानकारी दिएका हुन ।

भीमबहादुरकी आमा कमला थापाको भने सकुशल उद्धार गरिएको उनले बताए । आज बिहान करिब ४ बजेतिर घरमाथि पहिरो खस्दा उनीहरु पुरिएका थिए । इलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरीले उनीहरुलाई ७ बजेतिर उद्धार गरेको थियो ।
घटनास्थलमा सशस्त्र प्रहरीको मालेपाटनस्थित कालिका गणको टोली पनि खटिएको छ । गत २४ घण्टामा कास्कीको लामापाटन केन्द्रमा देशभरमा सबैभन्दा धेरै १३७ मिलिमिटर वर्षा भएको छ । कास्कीकै चोमरोङ केन्द्रमा ७६ र सिक्लेसमा ५३.८ मिलिमिटर वर्षा मापन भएको छ ।
