भक्तपुरको नखेलमा तीस वटा डोजर लगाएर जङ्गल प्लटिङ खाने पनि बन्द
बैशाख २१

भक्तपुर – भक्तपुरको नखेलमा डोजर आतंक भएर बस्तिले खाने पानी नै बन्द भएपछि स्थानीयले बिरोध गरेका छन।
सुर्यविनायक नगरपालिका वडा न ९ को कन्डेबारीमा दैनिक एकै साथ ३० भन्दा बढी डोजर लगाएर खनेपछि वन जंगलनै ध्वस्त भएको छ।

साघाको झोलुङ्गे पुल देखि करिब १०- १५ किलोमिटरमा पर्ने जङ्गल पुरै डोजर लगाएर खन्ने काम भैरहेको छ।

वर पर घना बस्ती छ बस्तीले खाने पानी नै बन्द भय पछि स्थानीयले बिरोध गरेका छन भने यो कस्को योजनामा खनिरहेको छ भन्ने पत्ता लागेको छैन ।
रात दिन तीस भन्दा बढि डोजर लगाएर पलानिङ भैरहेको हुँदा ठुलौ नेताको हात रहेको स्थानीय बताउँछन।
