suekhet
bheriad

निर्मला र सन्निको परिवारलाई १० लाख राहत उपलब्ध ,,

lekabesi

भदौ,९ काठमाडौं ९- सरकारले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको परिवारलाई/ र आन्दोलनका क्रममा प्रहरीको गोलीबाट मारिएका सन्नी खुनाको परिवारलाई पनि १०/१० लाख रुपैयाँ राहत दिनेघोसना गरेको छ । शनिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्तावमा दुबै परिवारलाई राहत दिने निर्णय गरेको हो । खुनालाई सहिद घोषणा गरेको छ । घाइतेहरुको निःशुल्क उपचार गर्ने र अंगभंग भएकालाई आर्थिक सहायता दिइनेछ ।

 

साथै निर्मला हत्याबारे छानविन गर्न सहसचिवको नेतृत्वमा बनेको समितिलाई नै गोलीकाण्डबारे पनि अनुसन्धान गर्ने जिम्मेवारी दिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । सर्वदलीय बैठकले गरेका निर्णयहरुलाई सरकारले सकारात्मक रुपमा लिएको उनले बताए ।