Gold
Bangad salyan

दलितले नपत्याएपछी माओवादीलाई गाली गर्न थालेका खगेन्द्र सुनारलाई कारबाही गर्ने वाईसीएलको चेतावनी

Salyan

काठमान्डौ – नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसीएलले खगेन्द्र सुनारलाई माओवादी विरुद्द जता भावी बोले कारबाही गर्ने चेतावनी दिएको छ।

दलितलाई खै अभियान चलाएर हिडिरहेका खगेन्द्र सुनारले अहिले विभिन्न स्थानमा पुगेर माओवादी केन्द्रलाई गाली गर्ने गरेका छन।

समाज रूपान्तरणको नाममा परिवार त्याग्ने र सस्तो चर्चाको लागि आन्दोलन बेच्ने काममा खगेन्द्र सुनार लागेको वाईसीएलको तर्क छ।

राप्रपाका ज्ञान बहादुरले माओवादीलाई गाली गरेर चर्चामा आए जस्तो अनि राजा चाईयो भनेर हिडेको जस्तो सिको उनले पनि अपनाएको देखिन्छ।

ज्ञान बहादुरलाई जस्तै माओवादी कार्यकर्ताहरुले चारपाटा मोडेर सन्जाल परिक्रमा गराएपछि चर्चित भई सांसद हुँदै देश–विदेशमा चर्चा पाएका ज्ञानेन्द्र शाहिको तरिका पछ्याउँदै, अहिले आफुलाई ‘दलित अभियन्ता’ भन्न रुचाउने खगेन्द्र सुनार माओवादीमाथि आरोपको बर्सात गरिरहेका छन्।

शरीरभरी साङ्ला झुण्ड्याएर कैदीको हुलिया बनाएका, खोक्रो दलित मुक्तिको कुरा गर्दा पनि जनचासो र सम्मान नपाएका, लट्टा पालेर बाहुबलीको अन्तिम सिनको गुण्डाजस्तो देखिएर पनि कसैको ध्यान खिच्न नसकेपछि, खिन्न बनेका सुनारले अन्ततः माओवादीलाई गाली गर्ने नीति रोजेका छन्। वाईसीएल केन्द्रले भनेको छ।

अब उनी माओवादीलाई गाली गर्यो भने चर्चामा आउन सकिन्छ, माओवादी कार्यकर्ताबाट हाइलाइट पाउनेछु, अनि मेरो दुनो पनि सोझिन्छ भन्ने ठान्दै, ज्ञानेन्द्र शाहिकै रणनीति पछ्याइरहेका छन्।

नक्कली नारामा ध्वस्त दलित आन्दोलनको भर्याङ चढेर माथि पुग्ने उनको सपना माओवादी विरोधमै देखिएको छ।

करिब डेढ वर्षअघि बुढा बा–आमा, श्रीमती र छोरीलाई छाडेर दलित अभियान भन्दै काठमाडौं छिरेका उनी अहिलेसम्म न घर फर्किए, न फोन गरे। काठमाडौमा घर नजोडे सम्म घर नफर्किने उनको अड्डि बुझ्न सकिन्छ। कस्तो बिडम्बना। आन्दोलन बेच्ने सोच।

विगतमा कांग्रेस पृष्ठभूमिबाट राजनीतिमा लागेका उनी, कांग्रेसले छड्के नजर पनि नलगाएपछि, अभियन्ता’ बन्न पुगे।

दलितको हकहित भन्दै माइक समाउने, तर नीति र विचारका आधारमा होइन, क्षणिक चटपटे चासोका लागि यिनले उठाएका मुद्दा आज हास्यास्पद बनिरहेका छन्।

 

तीस वर्ष अघि दलित, जनजाति, सिमान्तकृत, महिला लगायत उत्पीडित समुदायको हकहितका लागि बन्दुक उठाएर राज्यविरुद्ध जनविद्रोह गरेको माओवादीलाई आज उनीजस्ता व्यक्तिले निशाना बनाउनु केवल विडम्बना होइन, अपमान पनि हो। यो विचारधाराको हत्या हो।

 

अहिलेसम्म कुनै पनि आन्दोलनले माओवादी आन्दोलनले जति दलितलाई अधिकार दिलाएको छैन। त्यो केवल भनाइ होइन, ठोस उपलब्धिको दस्तावेज हो।

सदियौँदेखि जरा गाढ्दै आएको, र राज्यले स्वयं संरक्षण गरेको जातीय छुवाछूतका विरुद्ध मशाल बोक्ने शक्ति माओवादी नै हो। माओवादीका बन्दुकका छायाँमा जन्मिएको चेतना, अब अधिकारका भाषामा बोल्न थालेको छ।

माओवादीकै कारण आज दलितहरु उठेर हिड्न सकेका छन्। राज्यको जुनसुकै ठाउँमा उपस्थित हुने, प्रतिस्पर्धा गर्ने र नेतृत्व सम्हाल्ने अवसर पाएका छन्।

लड्न सिकेका छन्, बोल्न सिकेका छन्। जीवनलाई आत्मसम्मानसहित जिउन थालेका छन्। अब उनिहरु वर्षौ देखि थिचोमिचो गरिरहेका कथित उपल्लो जात भनिनेहरुको बराबरी हैसियतमा आइसकेका छन्।

यस्तो परिवर्तनको जग बसाल्ने माओवादीलाई आज त्यही वर्गका केही व्यक्तिहरुले दोष थोपार्नु केवल आत्मवञ्चना हो।
माओवादी दलितहरुको भगवान हो। ती भगवानको पूजा गर्नु पर्छ, कसम खाएर होइन, इतिहास पढेर आउन पनि वाईसीएलको चेतावनी छ। साउन १७