गोरखामा मानव कङकाल फेला
पौष ८

गोरखा – गोरखामा मानव कङकाल फेला परेको छ। हिजो ७ गते गोरखा नगरपालिका वडा नं. ५ चिल्ड्रेनपार्क नजिकै लसुने जंगलमा मानव कंङकाल फेला परेको हो ।
प्राप्त उक्त कंङकाल सँगै १ थान किप्याड मोबाइल , जुत्ता , ट्रयाक र कमिज समेत फेला परेको प्रहरीले जनाएको छ।
कङकाल कस्को हो भन्ने खुलेको छैन मोवाईल भने बारपाक सुलिकोट गाउँपालिका ३ बर्ष ४० का जंग बहादुर गुरुङको रहेको बताईएको छ। जिल्ला प्रहरी कार्यलयका अनुसार अनुसंधान भैइरहेको छ।

