६ न. प्रदेस सुर्खेतमा एसरी हुदै छ मतदान ,,

रंग दर्पण २४ माघ सुर्खेत : प्रदेस न ६ मा राष्ट्रिय सभाको चुनाब हुदैछ , सुर्खेतको निर्बाचन आयोग को भवनमा मतदान भैरहेको छ प्रदेस सभामा नगरपालिका र गाउपालिका गरि करिब १९८ जनाले मतदान गर्नेछन्। १२ जनाले उमेद्वारी दियकाछन् जसमा ८ जना निर्बाचित हुनेछन। २ न प्रदेस बाहेक सबै प्रदेशमा आज मतदान भैरहेको छ, प्रत्येक मतदान केन्द्रमा प्रदेशसभा र स्थानीय तहबाट प्रतिनिधित्व गर्ने मतदाताहरूका लागि अलगअलग मतदान केन्द्र निर्धारण गरिएको छ। बहुमतीय प्रणालीबाट मतदान हुने समूहका लागि दिइने मतपत्रमा मतदाताले आफूले मतदान गर्न चाहेको व्यक्तिलाई रेजा चिह्न लगाई मतदान गर्नुपर्नेछ।प्राथमिकताक्रम निर्धारण नगरी रेजा मात्रै लगाइए वा प्राथमिकताक्रम दिँदा पहिलो प्राथमिकता निर्धारण नगरिएको, प्राथमिकता दोहोरिएको मतपत्र बदर हुनेछ। कसैले पहिलो प्राथमिकता दिएको, दोस्रो नदिएको तर एकैपटक तेस्रो दिएको पाइए त्यस्तो अवस्थामा मत संक्रमणीय हुँदैन।
फोटो साभार तिलबिर बुढा को फेसबुक बाट,,
