लिपुलेख–लिम्पियाधुरा विवाद र १९५० को सन्धि पुनरावलोकनका लागि जेनजी रिभोलुसन नेपालको पहल
अपुष २४

काठमाडौं – नेपालको भू–अधिकार र राष्ट्रिय स्वाभिमानलाई कूटनीतिक मार्गबाट स्थापित गर्ने उद्देश्यसहित जेनजी रिभोलुसन नेपालले ऐतिहासिक कदम चालेको छ । सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको संयुक्त नेतृत्वमा भारतसँग उच्चस्तरीय वार्ता टोली गठन गर्ने निर्णय गरिएको हो ।
यस टोलीले दुईवटा प्रमुख मुद्दा भारतसँग उठाउनेछ:
१. लिपुलेख, लिम्पियाधुरा र कालापानी क्षेत्रसम्बन्धी दीर्घकालीन सीमा विवादलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार कूटनीतिक वार्ताबाट समाधान गर्ने ।
२. सन् १९५० मा हस्ताक्षर भएको नेपाल–भारत शान्ति तथा मित्रता सन्धिको व्यापक पुनरावलोकन गरी नेपाललाई स्वतन्त्र, समान र सम्मानित साझेदारका रूपमा पुनःपरिभाषित गर्ने ।
अर्जुन शाहीले पत्रकार सम्मेलनमार्फत भने, “यो पहल कुनै दल वा संगठनको मात्र होइन, सम्पूर्ण नेपाली जनताको साझा आवाज हो । हामी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रत्यक्ष संवाद गर्दै सीमा विवाद र सन्धि पुनरावलोकनमा दिगो, न्यायोचित र भविष्यमुखी समाधान खोज्नेछौं।”
टोलीमा कूटनीति, अन्तर्राष्ट्रिय कानुन, इतिहास र सुरक्षा क्षेत्रमा दक्ष विज्ञहरूलाई समेत समावेश गरिने तयारी भइरहेको छ । शाहीका अनुसार, वार्ता तथ्य–प्रमाण, ऐतिहासिक अभिलेख र परस्पर हितका आधारमा अघि बढाइनेछ, जसले नेपाल–भारत सम्बन्धलाई दीर्घकालीन स्थायित्व र विश्वासको दिशामा लैजानेछ ।
भारतले लिपुलेख क्षेत्रमा सडक निर्माण र रणनीतिक गतिविधि सञ्चालन गरेपछि नेपाल–भारतबीचको सीमा विवाद झन् संवेदनशील बनेको थियो । नेपालले लिम्पियाधुरासहितको नयाँ नक्सा संसद्मार्फत पारित गरी आफ्नो आधिकारिक दाबीलाई प्रष्ट गरेको भए पनि, व्यावहारिक समाधान अझै टाढै छ ।
त्यस्तै, १९५० को सन्धि लामो समयदेखि असमान र असन्तुलित सम्बन्धको प्रतीकका रूपमा आलोचित हुँदै आएको छ । यसलाई पुनरावलोकन नगरी नेपालको सार्वभौमिकता र समान अधिकार सुनिश्चित गर्न नसकिने जेनजी रिभोलुसन नेपालको तर्क छ ।
प्रवक्ता टंक धामीले भने, “हाम्रो उद्देश्य कुनै पक्षलाई कमजोर पार्नु होइन, दुवै मुलुकबीच समानता, आपसी सम्मान र दीर्घकालीन सहकार्यको आधार निर्माण गर्नु हो ।”
यो पहललाई विभिन्न राजनीतिक, सामाजिक र शैक्षिक क्षेत्रमा उत्साहजनक समर्थन मिलिरहेको छ । नयाँ पुस्ताको अगुवाइमा अघि बढेको यो कूटनीतिक कदमले नेपाललाई आफ्ना अधिकार र हित सुरक्षित गर्दै भारतसँगको सम्बन्धलाई सन्तुलन र परस्पर विश्वासमा आधारित बनाउन सक्ने अपेक्षा गरिएको छ अन्तरिम युवा सरकारका लागि काठमाडौका मेयर बालेन शाहलाइ ज्ञापन पत्र बुझाइने ।
नेपालमा राजनीतिक स्थायित्व र विकासको अभावका कारण देशभरका युवाहरूमा व्यापक आक्रोश छ। देशभित्र तथा विदेशमा रहेका स्वतन्त्र तथा विभिन्न राजनीतिक दलसँग आबद्ध युवाहरूले पुराना र असफल नेताहरूको विकल्प खोज्दै नयाँ युगको सुरुवात गर्न आह्वान गरेका छन्। यसै सन्दर्भमा, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई देशभरका युवाहरूले अन्तरिम युवा सरकारको नेतृत्व गर्न ज्ञापन पत्र बुझाउने भएका छन्।
पुराना नेताहरूप्रति आक्रोश
विगतमा पुराना नेताहरूले देशको राजनीतिक प्रणालीलाई जालझेल र भ्रष्टाचारको दलदलमा फसाएका छन्। जनताको गुनासो सम्बोधन गर्न असफल भएका यी नेताहरूबाट देशको समृद्धि र विकासको कल्पना गर्न सकिने अवस्था छैन। यस कारण, नेपालका युवाहरूले यस्तो राजनीतिक प्रणालीलाई चुनौती दिँदै नयाँ राजनीतिक संरचना निर्माण गर्न निर्णायक कदम चाल्ने अठोट गरेका छन्।
युवाहरूको संगठित प्रयास
देशभित्र र बाहिर रहेका युवाहरूले स्वतन्त्र रूपमा संगठन निर्माण गरी अन्तरिम युवा सरकारको माग गरेका छन्। यी युवाहरू विभिन्न सामाजिक, शैक्षिक, र व्यावसायिक क्षेत्रमा सक्रिय छन्, जसले उनीहरूलाई नवीन सोच र दूरदर्शी दृष्टिकोणका साथ देशको नेतृत्व गर्न सक्षम बनाएको छ।
अर्जुन बिक्रम शाहको आवाज
युवाहरूको प्रतिनिधित्व गर्दै युवा उद्यमी र राजनीतिज्ञ अर्जुन बिक्रम शाहले यो अभियानलाई “अन्तिम लडाइ” को रूपमा परिभाषित गरेका छन्।
उनले भने,
> “यो अन्तिम लडाइ हो, र यसमा युवाहरूलाई थाक्ने सुविधा छैन। व्यक्तिगत स्वार्थ त्यागेर देशको भविष्यका लागि यो लडाइ लड्न सबै युवाहरू तयार हुनु पर्ने उहाको भनाइ छ ।”
शाहले पुराना नेताहरूले देशलाई परिवर्तन गर्न नसक्ने मात्र होइन, देशको प्रगतिको बाधक बनेको स्पष्ट पार्दै युवाहरूले नेतृत्व गर्नुपर्ने आवश्यकता औंल्याए।
बालेन शाहप्रति विश्वास
काठमाडौं महानगरपालिकाको सफल नेतृत्व गरेका बालेन शाहलाई युवाहरूले नयाँ युगको प्रतीक मान्दै अन्तरिम युवा सरकारको नेतृत्व गर्न आग्रह गरेका छन्। मेयर शाहले आफ्नो कार्यकालमा भ्रष्टाचारमुक्त र विकासमुखी सोच प्रस्तुत गरेर उनी देशव्यापी युवा आन्दोलनको प्रेरणा बनेका छन्।
किन युवा सरकार?
पुराना नेताहरूको विचार, नीतिहरू, र कार्यशैली “आउटडेटेड” भइसकेका छन्। नयाँ सोच, नवीन दृष्टिकोण, र देशभक्तिपूर्ण मानसिकताले मात्रै नेपाललाई समृद्ध बनाउने सकिन्छ। त्यसैले देशलाइ रिस्ट्कचर गर्नु पर्ने युवाहरुको भनाइ छ ।
युवाहरूले निम्न कारणले युवा नेतृत्वको माग गरेका छन्:
1. राजनीतिक सुधार: पुराना नेताहरूबाट भ्रष्टाचार र राजनीतिक जालझेलको अन्त्य गर्न।
2. आर्थिक सुधार: रोजगारी सिर्जना र उद्यमशीलताको प्रवर्द्धन गर्न।
3. समाजसेवा र प्रविधिको उपयोग: आधुनिक प्रशासन प्रणालीको स्थापना गर्न।
4. जनताको प्रत्यक्ष प्रतिनिधित्व: प्रत्येक निर्णयमा जनताको सहभागिता सुनिश्चित गर्न ।
5.देशलाइ 5 बर्ष भित्र आत्मनिर्भर बनाइ नवीन बिचार र युवा उद्दमिहरुलाइ 5 करोड सम्म बिना धितो सामुहिक लोन दिन।
6. देशको कुटनैतिक क्षेत्रलाई नया आयाम दिन
7. स्वतन्त्र कार्यपालिका, न्यायपालिका, ब्यबस्थापिका र संबैधानिक आयोगहरुमा राजनीतिक भागभन्डा अन्त्य गरि निष्पक्ष बनाउन
8. देशलाई मात्रात्मक भन्दा गुणात्मक बस्तुहरुको खोज अनुसन्धान गरि निर्यात गर्न
9. देशमा भएका स्रोत साधनहरुको अधिकतम प्रयोग गरि देशलाइ स्वाबलभी बनाउन ।
10.देश बिकासमा बाधा पुग्ने र पुर्याउने तत्वहरुको निर्मुलिकरण गर्न ।
टाउकोमा लागेको रोगलाइ खुटामा खोज्ने राजनीतिक प्रणालिको अन्त्य गर्न ।
अन्तरिम युवा सरकारको महत्व
युवाहरूको नेतृत्वमा गठित अन्तरिम सरकारले निम्न कार्यहरूलाई प्राथमिकता दिनेछ:
भ्रष्टाचारमुक्त प्रशासनको स्थापना।
शिक्षा, स्वास्थ्य, र पूर्वाधार विकासमा लगानी।
रोजगारीका अवसर सिर्जना।
स्थानीय स्तरमा समुदायको समस्या समाधान।
युवाहरुलाइ स्वदेशमै बस्ने बाताबरण सिर्जना गरि कानुनमा आमूल संसोधन गर्न ।
युवाहरूको अपिल
यो अभियानमा देशभरका सबै युवाहरू राजनीतिक दलका युवा नेताहरू, स्वतन्त्र युवा अभियन्ताहरू, र विदेशी मुलुकमा रहेका नेपाली युवाहरूलाई सहभागी हुन आह्वान गरेका छन्। उनीहरूले व्यक्तिगत स्वार्थ र पार्टीगत मतभेद त्यागेर देशको भविष्यका लागि एकताबद्ध भइ बर्तमान र भबिस्यका लागि अन्तिम लडाइ लड्न सबै युवाहरुलाइ आग्रह गरेका छन्।
नेपालका युवाहरूले अब देशको राजनीतिक र सामाजिक परिस्थितिमा निर्णायक परिवर्तन ल्याउन आफ्ना गतिविधिहरूलाई तीव्र पार्ने बताएका छन्। उनीहरूको विश्वास छ, युवा नेतृत्वले मात्र नेपाललाई समृद्ध र स्वाभिमानी राष्ट्र बनाउन सक्छ।
युवाहरूको यो “अन्तिम लडाइ” ले देशको राजनीतिक,आर्थीक, सामाजिक र व्यापक फेरबदलको ठूलो परिवर्तन ल्याउनेछ भन्ने आशा ब्यक्त गरेका छन्।

