surkhet

आन्दोलित चिकित्सक र सरकारबीच वार्ता हुँदै ,,

surkhet

भदौ , १८ काठमाडौं – देशभरका अस्पतालमा प्रसासनिक काम बन्द गरेर आनोद्लनमा रहेका चिकित्सक र सरकार बीच आज वार्ता हुने जानकारी गरिएको छ । मुलुकी अपराध (संहिता) का उपचारसँग सम्बन्धित केही प्रावधान संशोधन गर्नुपर्ने मागसहित आन्दोलनरत चिकित्सकलाई सरकारले वार्तामा बोलाएको छ ।स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादवले वार्ताका लागि आज बिहान ११ बजे चिकित्सकलाई मन्त्रालयमा बोलाएका हुन्।चिकित्सक संघले भने वार्तामा बोलाए पनि माग सम्बोधन नभएसम्म आन्दोलनका नरोकिने भन्दै वार्ता र आन्दोलन एकसाथ जारी रहने बताएको छ ।

Gorkha

नयाँ ऐन बनाउँदा चिकित्सकहरुलाई कुनै जानकारी नगराइएको र बदनीयपूर्ण तरिकाले कानुन ल्याएको चिकित्सकहरूको आरोप छ । भदौँ १ देखि १५ गते सम्म सरकारलाई समय दिँदा पनि कुनै प्रगति नभएको कारण आफूहरु आन्दोलनमा जान बाध्य भएको संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले बताए ।आन्दोलनको दोस्रो दिन आज देशभरको प्रशासनको काम बन्द गरेको नेपाल चिकित्सक संघका महासचिव लोचन कार्कीले जानकारी दिए । मुख्य रुपमा चिकित्सक संघले नयाँ मुलुकी ऐनको परिच्छेद १९ को इलाज सम्बन्धी कसूर अन्तरगत १ दफाको २३० को उपदफा (४),दफा २३१,२३२,२३३ को उपदफा (४) को २३५ र २३८ को उपदफा ९४० सच्याउनु पर्ने माग गर्दै आएका छन् ।

 

salyan