रुकुम चौरजहारी

निर्मला हत्या प्रकरण छानबिन समितिले लियो नँया मोड: छानबिन समितिका सदस्यले दिए राजिनामा ,,

रुकुम आठ विसकोट

भदौ २५ ,काठमाडौँ – कञ्चनपुरको महेन्द्रनगरकी १३ वर्षीया निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय सरकारी समितिकै सदस्यले राजीनामा दिएका छन् । सात नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले छानबिन समितिबाट निर्मलालाई न्याय मिल्न नसक्ने जनाउँदै राजीनामा गरेका हुन् ।उच्चस्तरिय छानबिन समितिको अनुसन्धानमाथि असन्तुष्टि जनाएका केसीले सोमबार लिखितरुपमा राजीनामा दिँदै आफू त्यस समितिमा नरहेको घोषणा गरेका हुन् । समितिबाट राजीनामा दिने क्रममा उनले सरकारी छानबिन समितिबाट निर्मलाले न्याय पाउनेमा आफु विश्वस्त नरहेको पनि जनाएका छन् ।

 

केसीले निर्मलालाई न्यायका लागि दबाब दिन आफूले समितिबाट राजीनामा दिएको पत्रकार सम्मेलनमा बताए । केसीले राजीनामा पत्र हुलाकबाट सरकारलाई पठाएर समितिमा नरहेको जानकारी गराइएसकेको पनि पत्रकारहरुलाई बताए । सरकारले निर्मला हत्या प्रकरणको छानबिन गर्न गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा एउटा उच्चस्तरीय समिति बनाएको थियो । त्यस समितिले १५ दिनसम्म कञ्चनपुर बसेर अनुसन्धान गर्दा हत्याराको कुनै सुराक नै नभेटी काठमाडौँ फर्किएको थियो। समिति संयोजक मैनालीले निर्मलाको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले गम्भीर लापरबाही गरेको मात्रै बताएका थिए ।