रामकाहानी नेपाल देखि अमेरिका ,अस्ट्रेलिया लगायत १० वटा देशमा प्रदर्शन हुने ,,

भदौ २६ , काठमान्डौ – चलचित्र रामकाहानी नेपलाको सफलता प्राप्त पछि अब युरो , अमेरिका , अस्ट्रेलिया लगायत विभिन्न देशमा पनि प्रदशन हुने भएको छ । चलचित्र हेरे पछि दर्शकले राम्रो रेस्पोन्स दिएका छन् ।, चलचित्रले बक्स अफिसमा पनि राम्रो कमाई गर्न सफल भएको छ। निर्देशन सुदर्शन थापाले दिएको जानकारी अनुसार सेप्टेम्बर १६ मा अमेरिकाको बोष्टनमा प्रदर्शन हुँदैछ । यस्तै, चलचित्रको यूरोप प्रदर्शन डेनमार्कबाट सुरु हुँदैछ । डेनमार्कपछि चलचित्रको प्रदर्शन पोल्याण्ड, स्पेन, पोर्चुगल, जर्मन लगायतका १० वटा देशमा हुनेछ । कतार, ओमान, जापान, बहराइन लगायतका देशमा पनि चलचित्र चल्ने पक्का भएको निर्देशक सुदर्शन थापाले जानकारी दिए ।पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्र ‘रामकहानी’को कमेडी संवाद, कथावस्तु, क्लाइमेक्स र गीतसंगीतले दर्शकलाई आकषिर्त गरेपछि नेपाल बाट बाहिर पनि प्रदर्शन गरिन लागेको हो ।
