कामना अवार्डमा अनमोल, प्रदिप, पुष्पल, दयाहाङ र सौगातको भिडन्त ,,

२६ भदौ , काठमान्डौ – सिजी कामना फिल्म अवार्ड्स’को चौथो संस्करणका लागि विभिन्न विधामा उत्कृष्ट ५ को नाम सार्वजनिक भएको छ । अवार्डको निर्णायक मण्डलले २०७४ साल वैशाख १ गतेेदेखि चैत मसान्तसम्म सार्वजनिक रुपमा प्रदर्शनमा आएका चलचित्र अवलोकन गरी तयार पारेको उत्कृष्ट ५ मनोनयनको सूचि सार्वजनिक गरिएको हो ।

३१ विधामा प्रदान गरिने चौथो संस्करणको सर्वोत्कृष्ट चलचित्र विधामा ‘ब्लाइन्ड रक्स, घामपानी, कृ, लिलिबिली र शत्रु गते मनोयनमा परेका छन् भने निर्देशकमा चलचित्र ‘छक्का पञ्जा २’ बाट दीपाश्री निरौला, ‘लिलिबिली’बाट मिलन चाम्स, ‘मंगलम’बाट नवल नेपाल, ‘शत्रु गते’बाट प्रदीप भट्टराई र ‘कृ’ बाट सुरेन्द्र पौडेल मनोनयनमा परेका छन् ।

यस्तै, अभिनेतामा ‘छक्का पञ्जा’बाट दीपकराज गिरी, ‘घामपानी’बाट दयाहाङ राई, ‘झ्याँयानकुटी’बाट सौगात मल्ल, ‘कृ’ बाट अनमोल केसी, ‘लिलीबिली’बाट प्रदीप खड्का र ‘मंगलम’बाट पुष्प खड्का मनोनयमा छन् भने अभिनेत्रीतर्फ ‘ब्लाइन्ड रक्स’ बाट बेनिषा हमाल, ‘शेरबहादुर’बाट मेनुका प्रधान, ‘पञ्चायत’बाट नीता ढुंगाना, ‘शत्रुगते’बाट पि्रयंका कार्की, ‘पिंजडा व्याक अगेन’बाट सारा सिरपाली र ‘मंगलम’बाट शिल्पा पोखरेल मनोनयमा छन् ।

lekbesi

मनोयनमा सूचिमा ‘छक्का पञ्जा २’ सर्वाधिक धेरै १५ विधाको मनोनयनमा परेको छ । ‘सम्मान चलचित्रको उत्सव उत्कृष्टता’को भन्ने मान्यता बमोजिम हुने अवार्ड समारोहमा चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानको आधारमा १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान प्रदान गरिनेछ ।

 

विधाः सर्वोत्कृष्ट चलचित्र
ब्लाइन्ड रक्स
घामपानी
कृ
लीली बीली
शत्रु गते

विधाः सर्वोत्कृष्ट निर्देशक
दीपाश्री निरौला – छक्का पञ्जा २
मिलन चाम्स – लीली बीली
नवल नेपाल – मंगलम
प्रदीप भट्टराई – शत्रु गते
सुरेन्द्र पौडेल – कृ

विधा: सर्वोत्कृष्ट नवनिर्देशक
झरना थापा – ए मेरो हजुर २
नवराज बुढाथोकी – भुइँमान्छे
घामपानी – दिपेन्द्र लामा
पुर्णेन्दु झा – संरक्षण
आर. राजवंशी – शेरबहादुर

विधा: सर्वोत्कृष्ट अभिनेता
दीपकराज गिरी – छक्का पञ्जा २
दायाहाङ राई – घामपानी
सौगात मल्ल – झ्यानाकुटी
अनमोल केसी – कृ
प्रदीप खड्का – लीली बीली
पुष्प खड्का – मंगलम

विधाः सर्वोत्कृष्ट अभिनेतृ
बेनीषा हमाल – ब्लाइन्ड रक्स
मेनुका प्रधान – शेरबहादुर
नीता ढुंगाना – पञ्चायत
पि्रयंका कार्की – शत्रु गते
सारा सिरपाली – पिंजडा ब्याक अगेन
शील्पा पोखरेल – मंगलम

विधा: सर्वोत्कृष्ट नवअभिनेता
सलीनमान बनिया – ए मेरो हजुर २
स्वरुपपुरुष ढकाल – छक्कापञ्जा २
आशीरमान देशराज श्रेष्ठ जोशी – ग्याङस्टर ब्लुज
सुरज पाण्डे – लभ लभ लभ
शारुक ताम्राकार – रानी

विधा: सर्वोत्कृष्ट नवअभिनेत्री
अदिती बुढाथोकी – कृ
दिपीका प्रसाईं – ऐश्वर्य
जसिता गुरुङ – लीली बीली
सारा सिरपाली – रुद्र
सीपोरा गुरुङ – भुइँमान्छे

विधाः सर्वोत्कृष्ट सहअभिनेता
सलोन बस्नेत – ए मेरो हजुर २
जितु नेपाल – छक्का पञ्जा २
प्रमोद अग्रहरी – संरक्षण
शिवहरी पौडेल – शत्रु गते
रविन्द्र झा – शेरबहादुर

विधाः सर्वोत्कृष्ट सहअभिनेतृ
अनु शाह – कान्छी
वर्षा राउत – छक्का पञ्जा २
मिथिला शर्मा – आधा लभ
रोजीषा शाही – ग्याङस्टर ब्लुज
रुपा राना – कृ

विधाः सर्वोत्कृष्ट खलपात्र
अनुपविक्रम – शाही कृ
विपीन कार्की – नाका
प्रशान्त ताम्राकार – ऐश्वर्य
पुकार भट्टराई – पिंजडा ब्याक अगेन
रमेश रञ्जन झा – संरक्षण

विधा: सर्वोत्कृष्ट हास्य कलाकार
केदार घिमिरे – छक्का पञ्जा २
जयनन्द लामा – छक्का पञ्जा २
बुद्धी तामाङ – दुई रुपैंया
राजाराम पौडेल – म यस्तो गीत गाउँछु
शिवहरी पौडेल – शत्रु गते

विधा: सर्वोत्कृष्ट बालकलाकार
अनुभव रेग्मी – ए मेरो हजुर २
विनोद मगराती – आधा लभ
पिंजडा ब्याक अगेन – कुशाग्र भट्टराई
सौरभ शाह – कृ
स्वदीता सापकोटा – भुइँमान्छे

विधा: सर्वोत्कृष्ट कथा
नवराज बुढाथोकी – भुइँमान्छे
यम थापा – ब्लाइन्ड रक्स
दिपेन्द्र लामा – घामपानी
प्रदीप भारद्वाज – झ्यानाकुटी
शिवम अधिकारी – पञ्चायत

विधा: सर्वोत्कृष्ट पटकथा
दीपकराज गिरी – छक्कापञ्जा २
दीपकराज गिरी/प्रदीप भट्टराई – शत्रु गते
नवल नेपाल – मंगलम
नवराज बुढाथोकी – भुइँमान्छे
लीली बीली – प्रदीप भारद्वाज

विधा: सर्वोत्कृष्ट संवाद
दीपकराज गिरी/जितु नेपाल/केदार घिमिरे/अभिमन्यु निरबी – छक्कापञ्जा २
गोविन्द फुयाँल/नवल – नेपाल मंगलम
हरिवंश आचार्य/प्रदीप भट्टराई – शत्रु गते
नवराज बुढाथोकी – भुइँमान्छे
शिवम अधिकारी – पञ्चायत

विधा: सर्वोत्कृष्ट गीतकार
अर्जुन पोखरेल – तिमी रोएको पल/ऐश्वर्य
धिरेन्द्र प्रेमर्षी – सम्झनाको सारंगी/संरक्षण
डा. कृष्णहरी बराल – ए मेरो हजुर/ए मेरो हजुर २
कालीप्रसाद बास्कोटा/सबिन एकतारे -अजम्बरी/ग्यांग्स्टर ब्लुज
मुक्त उदास – तिमी नी आधा/पिंजडा ब्याक अगेन

विधाः सर्वोत्कृष्ट संगीतकार
बसन्त सापकोटा – मलाई आँखामा/ए मेरो हजुर २
अर्जुन पोखरेल – तिमी रोएको पल/ऐश्वर्य
हरी लम्साल – उड्यो मन/ब्लाइन्ड रक्स
राजनराज शिवाकोटी – कुटुमा कुटु/दुई रुपैंया
दीपक शर्मा – पर्ख पर्ख/मंगलम

विधाः सर्वोत्कृष्ट पाश्र्वगायक
कालीप्रसाद बास्कोटा – ओडौंला पिरतीको/शत्रुगते
कृष्ण काफ्ले – पर्ख पर्ख/मंगलम
सुगम पोखरेल – भन्छु आज/म यस्तो गीत गाउँछु
सुगम पोखरेल – तिमी रोएको पल/ऐश्वर्य
स्वरुपराज आचार्य – सम्झनाको सारंगी/संरक्षण

विधाः सर्वोत्कृष्ट पाश्र्वगायिका
अञ्जु पन्त – भन्छु आज/म यस्तो गीत गाउँछु
बानिका प्रधान -उड्यो मन/ब्लाइन्ड रक्स
विन्दु परियार – पर्ख पर्ख/मंगलम
मेलिना राई – कुटुमा कुटु/दुई रुपैयाँ
मीना निरौला – रुपै मोहनी/शत्रु गते

विधाः सर्वोत्कृष्ट नृत्य निर्देशक
कविराज गहतराज – आँखैमा/ ए मेरो हजुर २
कविराज गहतराज – इन्जीन गाडीमा/लीली बिली
कविराज गहतराज – कुटुमा कुटु/दुई रुपैयाँ
कविराज गहतराज – पर्ख पर्ख/मंगलम
मिलन चाम्स – उड्यो मन/ब्लाइन्ड रक्स

विधाः सर्वोत्कृष्ट द्वन्द निर्देशक
चन्द्र पन्त – कृ
हिमाल केसी – संरक्षण
हिमाल केसी – पिजंडा ब्याक अगेन
रोशन श्रेष्ठ – छक्का पञ्जा २
सम्राट थापा – ग्याङस्टर ब्लुज

विधाः सर्वोत्कृष्ट छायांकन
सञ्जय लामा – ए मेरो हजुर २
दीर्घ गुरुङ – छक्का पञ्जा २
पुरुषोत्तम प्रधान – कृ
सुदीप बराल – लीली बीली
सञ्जय लामा – म यस्तो गीत गाउँछु

विधा: सम्पादन
अर्जुन जीसी – लीली बीली
बनीष शाह – ए मेरो हजुर २
बिपीन मल्ल – छक्का पञ्जा २
सन्दिप अधिकारी/बनीष शाह – कान्छी
सुरेन्द्र पौडेल – कृ

विधा: पाश्र्वसंगीत
शैलेश श्रेष्ठ – ए मेरो हजुर २
सुजिल कर्मचार्य – छक्का पञ्जा २
शैलेश श्रेष्ठ – कृ
एलिष कार्की – लीली बिली
सैलेश श्रेष्ठ – म यस्तो गीत गाउँछु

विधा: ध्वनी मिश्रण
उत्तम न्यौपाने – ए मेरो हजुर २
सुनयमान श्रेष्ठ – छक्का पञ्जा २
उत्तम न्यौपाने – कृ
मुकेष शाह – लीली बिली
सुनयमान श्रेष्ठ – संरक्षण

विधा – श्रृंगार
अमृत मरहठ्ठा – पञ्चायत
सीजी थापा – भुइँमान्छे
निमा लामा – कृ
शंकर थापा – घामपानी
श्याम बराल – छक्का पञ्जा २ ,