फिलिपिन्समा आयको आँधी चिन पुग्यो ६४ जनाको मृतु यकिन विवरण आउन बाँकी ,,
१ असोज , एजेनसी – फिलिपिन्स र हंगकंगमा आयको म्यांगकूट आँधी मकाउ हुदै चिन सम्म पुगेको छ ।आँधी प्रतिघन्टा १ सय ६२ किलोमिटर गतिमा हावा बगिरहेको बिबिसीले जनाएको छ ।आँधी बाट फिलिपिन्समा ६४ जनाको मृतु भएको छ । फिलिपिन्सको एकै प्रान्तमा १९ को मृत्यु भयको छ। मृतु हुनेमा सबै भन्दा बढी बालबालिका रहेका छन् । आँधी र वर्षा पछि बाढीपहिरोका कारण मानिसको ज्यान गएको अन्तरास्ट्रिय समाचार माध्यामले लेखेका छन्। फिलिपिन्समा घाइतेका संख्या एक सय ११ बताइएको छ । शहरम पानीको स्तर १२ फुटसम्म पुगेको छ र सडकमा जिउँदा माछाहरु तैरिरहेका छन् ।
ग्वांगडूंगमा सबैभन्दा तीब्र गतीको आँधी आउने ‘हाई अलर्ट’ जारी गरिएको छ । यो आँधीले हंगकंगमा पनि विनास निम्त्याएको छ । गगनचुम्बी भवनका झ्याल–ढोकामा क्षती पुगेको छ । म्यांगकूट आँधी २०१८ को सबै भन्दा शक्तिशाली मानीएको छ आँधीले मकाउमा पनि मानिसहरु अस्त व्यस्त भएका छन् छिमेकी मकाउ शहरमा पहिलो पटक प्रान्तको सबैभन्दा चर्चित क्यासिनो बन्द गर्ने आदेश दिएको छ । यकिन विवरण भने आउन बाँकीनै छ । हंगकंगमा अहिले पनि हावाको गति १ सय ७७ किलोमिटर प्रतिघण्टा रहेको छ । प्रशासनले हाई अलर्ट जारी गर्दै मानिसहरुलाई घरबाहिर ननिस्कन चेतावनी दिएको छ ।
म्यांगकूट आँधी अहिले चिन पमा पुगेको छ चीनको सरकारी मिडिया अनुसार आँधी चीनको तटीय शहर जियांगमेनमा अपरान्हमा पुगे पछि २ जनाको मृतु भएको छ, भने अन्य जानकारी आउन बाँकी छ ।चीनको शहर जियांगमेनमा हजारौलाई ग्वांगडूंग बाहिर पठाइएको छ र सबैलाई सुरक्षित हुन प्रशासनले चेतावनी जारी गरेको छ ।धेरैजसो पसल र सार्वजनिक सेवा बन्द गरिएको छन् । यो आँधीले विमान परिचालनमा पनि विशेष असर पुर्याएको छ । हंगकंग अन्तर्राष्ट्रिय विमानस्थलमा आठसय बढि उडान रद्द गरिएका छन् । यसले एक लाख यात्रु प्रभावित भएका छन् । मंगलबासम्म म्यांगकूट आँधी कमजोर हुने सम्भावना छ ।