संविधान दिवसमा आफ्नो नृत्य प्रस्तुत गर्दै कलाकार हरु ,,

असोज ३ , काठमान्डौ – आज संविधान दिवसका दिन विभिन्न कार्यक्रम गरिनुका साथै कलाकारहरुले आफ्नो नृत्य प्रस्तुत गरेका छन् ।साथै आजको कार्यक्रममा विभिन्न झाँकीहरु प्रस्तुत गरिएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत विभिन्न कालखण्डका जनआन्दोलन, सशस्त्र सङ्घर्ष, जनयुद्ध र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनका उपलब्धि संस्थागत भएको स्वर्णीम दिन संविधान दिवस हो।  भने नेपाली सेनाले विशेष प्रस्तुती दिनुका साथै आकाशबाट हेलिकोप्टरबाट पुष्प वर्षा गरिएको छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी , प्रधानमन्त्री केपी ओली लगायत मन्त्रिगण, सांसदहरु विभिन्न राजनीतिक दलका नेता सहभागी भएका छन् ।