suekhet
bheriad

आज राष्ट्रकवि घिमिरेको १०० जन्मदिन राष्ट्रपति विद्यादेवी भण्डारीले दिईन शुभकामना ,,

lekabesi

असोज ७ , काठमान्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले १०० वर्ष प्रवेश गरेका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई लैनचौरस्थित घिमिरे निवासममै पुगी आइतबार बिहान जन्मदिनको शुभकामना दिएकी छन्।

 

राष्ट्रपति भण्डारीले राष्ट्रकवि घिमिरेको सुस्वास्थ्य, दीर्घायु र सिर्जनशील जीवनको कामना गर्दै शुभकामना दिएकी हुन्। विसं १९७६ असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा जन्मेका कविवर घिमिरे नेपाली जनजीवनमा लोकप्रिय कवि हुन्।