फेसबुकमा समाचार शेयर गर्दा कर्मचारीको जागिर चैट भयो ,,

असोज,७ जनकपुर – कर्मचारीले आफ्नो फेसबुक वालमा समाचार शेयर गरेको भन्दै एक महिलालाई जागिर बाट बर्खास्त गरिएको छ। धनुषा जिल्ला अदालतमा खरिदार (डिठ्ठा) पदमा करारमा कार्यरत गुञ्जा रायलाई जागिरबाट हटाइएको हो । रायले असोज ३ गते संविधान दिवसलाई प्रदेश २ मा कालो दिवसको रुपमा मनाइएको समाचारका लिंकहरु फेसबुकमा शेयर गरेकी थीइन।जागिरबाट हटेकी रायले आइतबार बिहान जनकपुरमा पत्रकार सम्मेलन गरी आफूलाई स्पष्टिकरण समेत नसोधी जागिरबाट हटाइएको पत्र थमाइएको बताइन् ।

‘मैले त समाचार शेयर गरेकी हुँ, आफ्नो विचार त राखेको होइन ?’ रायले पत्रकार सम्मेलनमा भनिन्, ‘समाचार शेयर गरेर अपराधै गरेको भए त स्पष्टिकरण सोध्नुपर्थ्यो नि नि ? अदालतले २०७५ असोज ५ गतेसम्म अदालतको आदेशानुसार थप भएकोमा सो पश्चात तपाईको म्याद थप नभएको हुँदा मिति २०७५ असोज ६ गतेदेखि लागु हुने गरी तपाईलाई अवकाश दिइएको भनी पत्र थमाएको छ । रायले अदालतमा आफू जस्तै करारमा रहेका अन्य सबै कर्मचारीको म्याद थपिएको बताइन् । आफुलाई बिना स्पस्टिकारण सिधै जागिरबाट हटायकोमा दुख: ब्यक्त गरिन ।