Simta
Simta

हजार जुनी सम्म’मा स्वस्तिमालाई चुनियो ,,

असोज ७ , काठमाण्डौ – नायिका स्वस्तिमा खड्कालाई हजार जुनी सम्ममा विकासराजले चुनेका छन् ।यो चलचित्र म्यूजिकल लभ स्टोरीमा बन्दै छ ।चलचित्रमा आधा दर्जन गीत हुने पनि विकासले जानकारी दिएका छन् । स्वस्तिमालाई फाइनल गरिएपछि अब नयाँ नायक चलचित्रमा राख्ने तयारी भएको छ । चलचित्रको छायांकन चाडै नै सुरु गर्ने विकासले बताए । नायिका स्वस्तिमालाई ठुला ब्यानरका चलचित्र एक पछि एक आईरहेका छन्। उनको भर्खरमात्र रिलिज भएको चलचित्र नाई न भन्नु ल ५ पनि हिट भयो। जसले बक्सअफिसमा राम्रो कमाई पनि गर्न सफल भएको छ। यसपछि, स्वस्तिमाको लोकप्रियता झनै चुलिएको छ । ‘जय भोले, छक्का पन्जा ३, बुलबुल’ उनको रिलिज हुने क्रममा रहेका चलचित्र हुन् ।