surkhet

‘जय भोले’ को फस्टलुक रिलिज ,,

surkhet

असोज ९ काठमान्डौ – चलचित्र जय भोले को फस्टलुक रिलिज भएको छ। असोज ३० गते रिलिज हुने गरि जय भोलेले आफ्नो फस्ट लुक सार्वजानिक गरेको हो ।यो संगै यस बर्षको दशैंमा हुन लागेको नेपाली चलचित्रको ठूलो भिडन्त टरेको छ । यो बर्ष चलचित्र ‘छक्का पन्जा ३ र जय भोले’को भिडन्त हुने संभावना बढी थियो ।

Gorkha

तर, दुबै चलचित्रका निर्माताको लामो समयको छलफलपश्चात भिडन्त टरेको हो । चलचित्र ‘छक्का पन्जा ३’ दशैंको घटस्थापनामा रिलिज हुने फाइनल भैसकेको छ । अब, चलचित्र ‘जय भोले’ दशैको फूलपातिमा रिलिज हुने भएको छ ।अशोक शर्माको निर्देशनमा तयार भएको यो चलचित्रलाई कमेडी कथामा तयार गरिएको छ । चलचित्रमा खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेत र स्वस्तिमा खड्काको मुख्य भूमिका छ । चलचित्रको ट्रेलर र गीत सार्वजनिक भैसकेको छ ।

salyan