सरकारलाई घेराबन्दी गर्ने षड्यन्त्र भइरहेको छ :गृहमन्त्री बादल ,,
असोज,१३ गुल्मी – देशको चिन्ता बारे बोल्दै गृहमन्त्री रामबहादुर थापा वादलले सरकारलाई घेराबन्दी गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । शनिबार गुल्मी सदरमुकाम तम्घासमा आयोजित कार्यक्रममा गृहमन्त्री थापा बादलले सरकारले राम्रो काम गर्दा घेराबन्दी गर्ने र सरकार नै गिराउनेसम्मको षड्यन्त्र भइरहेको बताएका हुन् । अहिलेको सरकारले देश सम्बृद बनाउन र सुसाशन कायम गर्न काम गरिरेको छ भ्रष्टहरुलाई कारबाही गर्ने, बलात्कारीहरुलाई कारबाही गर्ने, तस्कर र ठगहरुलाई कारबाही गरिरहेको हुनाले उनीहरु जुर्मुराइरहेका छन् र यो सरकारलाई कसरी गिराउने भनेर षड्यन्त्र भइरहेको छ ।
जनस्तरमा बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग उठेकोतर्फ संकेत गर्दै उनले यो सदनमा पनि उठ्नु पर्ने बताए । गृहमन्त्री थापाले भने, ‘जनता र सरकार मिले मात्रै बलत्कार अपराधीलाई कठोर भन्दा कठोर सजाय दिन सकिन्छ । बलात्कारहरुलाई कडा कारबाही गर्न सरकार प्रतिवद्ध रहेको भन्दै उनले महिलाहरु पनि जागरुक हुनु पर्ने बताए ।