रेखाको मालिकाको ट्रेलर कमलाको वेदना ,,
असोज १३ काठमाडौं – अभिनेत्री रेखा थापाद्वारा निर्मित तथा निर्देशित चलचित्र ‘मालिका’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मले छोरीमाथि हुने सामाजिक विभेदको मुद्दालाई उठाएको देखिन्छ ।चलचित्रको केन्दि्रय पात्रमा छिन्, जाजरकोटकी १४ वर्षीया किशोरी कमला वली । उनको भूमिका बेदनामय छ । चलचित्रमा नायक कोही छैन । रेखा थापा स्वयम् ‘नायकीय’ रुपमा देखिन्छिन् ।रेखाले यसपाली केही फरक ट्राई गरेको ट्रेलर हेर्दा महसुस हुन्छ । यद्यपि, आफ्नो एक्सनमोह भने यसमा पनि त्याग्न सकेकी छैनन् ।
बाँके, जाजरेकाट तथा काठमाडौं र कर्णाली राजमार्गको परिबेशमा चलचित्र खिचिएको छ । चलचित्र कार्तिक १६ गते बाट रिलिज हुने छ ।राइजिङ मलको क्यूज हलमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको थियो । कार्यक्रममा निर्देशक तथा अभिनेत्री रेखाले मालिका महिलामाथि हुने हिंसाविरुद्धको लडाइँ भएको बताइन् । यसको ‘हल्का माया के माया’ बोलको गीतले दर्शकको मन जितेको छ । रेखा थापाले निर्माण गरेको यो पाचौं चलचित्र हो फ्लिममा बोलिएका डाईलगले महिला हरुमा केहि परिवर्तन ल्याउने देखिन्छ।