मुन्द्रेको कमेडी क्लब अब टेलिभिजनमा ,,
कार्तिक १८ , काठमाण्डौ -हाँस्य कलाकार जितु नेपालको मुन्द्रेको कमेडी क्लब’ नामक रियालिटी शो टेलिभिजनमा शुरु हुने भयको छ ।
यो सिरियल हरेक सोमबार बेलुकी ८ः५० मा नेपाल टेलिभिजनबाट प्रशारण हुनेछ । यो रियालिटी शोलाई नेपाली मौलिकपना झल्काउने शैलीमा बनाएको जितुले बताएका छन् । कि इन्टरटेन्मेन्टले यो शोको निर्माण गरेको हो ।
यो शोका लागि अहिलेसम्म दिपकराज गिरी, करिश्मा मानन्धर, केदार घिमिरे, केकी अधिकारी अतिथी बनिसकेका छन् ।यो शोको अध्यक्षमा दीपाश्री निरौला रहनेछिन् । उनले भनिन्-‘हो, यो कार्यक्रम द कपिल शर्मा शोबाट प्रभावित छ । तर, यसको बिषयवस्तु र प्रस्तुति नेपालीपन झल्कने गरि तयार पारिएको छ । ‘राजाराम पौडेल, राजेन्द्र नेपाल, उमेश राई पनि यो शोको प्रमुख हिस्सा हुनेछन् । दर्शकको माग, शोको व्यापार आदिलाई हेरेर कति भाग लैजाने भन्ने बिषयमा निर्णय गर्ने जितुले बताए ।