कपिलवस्तुमा गोलि हानिएका ब्याक्ति को हुन् ,,

मंसिर,८ कपिलवस्तु – कपिलवस्तुमा एक जनाको गोली हानी हत्या भएको छ । शुद्धोधन गाउँपालिका ४ मोतिभारीका दिपेन्द्र कुमार चौधरी राजा बाबु को हत्या भएको हो ।उनी प्रदेश सभा सदस्य निर्वाचनमा कपिलबस्तु क्षेत्र नं. १ ‘ख’बाट स्वतन्त्र उम्मेदवार थिए ।

उनलाई घर नजिकैको सडकमा अज्ञात समुहले गोली हानेर घाइते बनाएको थियो । उनलाई तत्काल लबनी स्वाथ्य चौकीमा उपचार गर्न लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि मेडिकल कलेज पुर्‍याउँदा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।

शंकास्पद २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको रावलले जानकारी दिए । घटनास्थलमा गोलीका ३,४ वटा खोका भेटिएको थियो ।अहिले घटना स्थल लावानिमा स्थानिले आन्दोलन गरेका छन् । केहि सवारी साधनमा तोडफोड गरे पछि प्रहरीले हवाईफायर पनि गरेको छ ।