चलचित्र सुश्री सम्पत्ती’को ट्रेलर रिलिज कमेडीमा भरिपुर्ण ,,
चलचित्र ‘सुश्री सम्पत्तीको ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ३ मिनेट लामो ट्रेलरमा मुख्य कलाकारद्धय सलोन बस्नेत र विनोद न्यौपानेको कमेडी मात्र हेर्न सकिन्छ । चलचित्रको शिर्ष भूमिकामा नायिका सारा सिर्पाली देखिएकी छिन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् ।
चलचित्रमा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकारको लगानी छ । अभिमन्यू निरवी र निर्देशक आचार्यको संवाद रहेको चलचित्रको पटकथा अभिमन्यूकै छ । चलचित्रका निर्देशक आचार्यले ट्रेलरमा चलचित्रको जनरा बताएको छ । मंसिर २८ बाट चलचित्र रिलिज हुने छ । चलचित्रको हुकुम बक्सियोस बोलको गीतले खुबै चर्चा पायको छ ।