Gold

मनिता देवकोटा मिस युनिभर्सको टप १० मा ,,

Naumule Migrate

पुस,२ काठमाडौं – मिस युनिभर्स २०१८ मा नेपालको प्रतिनिधित्व गरिरहेकी मनिता देवकोटा टप १० मा पुगेकी छन् ।थाइल्याण्डको बैंककमा भइरहेको अन्तिम प्रतिस्पर्धामा देवकोटा यसअघि एसिया तथा अफ्रिका क्षेत्रका उत्कृष्ट पाँच प्रतिस्पर्धीमा पर्न सफल भएकी थिइन ।

अमेरिका, युरोप र एसिया प्यासिफिक तथा अफ्रिका गरी तीन महादेशका उत्कृष्ट ५ छनौट गरी १५ जना र ५ जना वाइल्ड कार्डमार्फत् गरी टप २० छनौट गरिएको थियो । मनिता एसिया प्यासिफिक तथा अफ्रिकाका तर्फबाट तेस्रो नम्बरमा परेकी छन् ।

त्यसपछि हरेक प्रतिस्पर्धीलाई आफ्नो बारेमा १५ सेकेण्डको मन्तब्य दिने अबसर दिइएको थियो । यही मन्तब्यका आधारमा टप १० प्रतिस्पर्धीको छनौट गरिएको थियो ।

Naumule Badhipahiro