Gold

गायक प्रमोद खरेललेको भजन संग्रह सार्वजनिक ,,

Naumule Migrate

गायक प्रमोद खरेलले पहिलो पटक भजन संग्रह सार्वजनिक गरेका छन् । सार्वजनिक गरेको भजन संग्रहको नाम ‘ज्ञान सुधा’ राखिएको छ ।प्रमोदले भजनलाई संगीतको मुख्य साधना समेत भनेका छन् ।

गीतकारद्धय किरण खरेल र रत्नशमशेर थापाले एल्बमको विमोचन गरेका हुन् ।कार्यक्रममा गायक रामकृष्ण ढकाल, संगीतकार राजु सिंह, संगीतकार संघ नेपालका अध्यक्ष शान्तिराम राई, संगीतकार चेतन सापकोटा, राम सिटौला, गायक सनुप पौडेल लगायतका श्रष्टाहरु उपस्थित थिए ।

नीरभीमको शब्द, दिपक भट्टराईको संगीत रहेको भजनसंग्रहमा प्रमोद खरेलको आवाज छ । यो एल्बममा ५ वटा भजनहरु ज्ञान सुधामा प्रभु तिम्रो, सत्चित्त गरिकन, हरिको द्वारसम्म पुग्न, सुसुप्ति ब्रम्हा सारा, पाथिभारा माता जस्ता भजन संग्रहित छन् । गायक प्रमोद खरेलले भजनसंग्रह ६ महिना अघि तयार भएको भए पनि रियालिटी शोका कारण ढिलो भएको बताए ।

Naumule Badhipahiro