Gold

प्रियंका पुगिन सलमानको घरमा ,,

Naumule Migrate

सलमान संग चलचित्र भारतमा काम गर्ने भनेर पछि नगर्ने प्रतिक्रिया दिएपछि सलमान र प्रियंका सम्बन्धमा चिसोपना आयको थियो। किन कि त्यो बेला प्रियंका चोपडा अमेरिकी युवा निक जोनससंग प्रेममा फसीसकेकी थीइन।

हालै मात्र प्रियंकाको निक संग बिहे भयो तर, प्रियंका चोपडाले बिहेपछि मुम्बइमा आयोजना गरेको पार्टीमा नायक सलमान खान उपस्थित भए । सलमानको प्रवेश पार्टीको सर्वाधिक चर्चाको बिषय बनेको थियो ।

सलमान खान पार्टीमा उपस्थित भएपछि नायिका चोपडा पनि खुबै खुशी देखिएकी थिइन् । यसैले, उनले पार्टी सकिए लगतै सलमान खानको घरमा पुग्ने निर्णय गरिन् ।

यसैले, आफ्ना श्रीमान् निक जोनसलाई लिएर प्रियंका सलमानको ग्यालेक्सी अपार्टमेन्ट पुगेको भारतीय मिडियामा उल्लेख छ । उनले, ग्यालेक्सी अपार्टमेन्टमा सलमानको परिवारसँग भेटेर आर्शिवाद लिएकी थिइन् ।

सलमानको घरमै पुगेर प्रियंकाले भेटघाट गरेपछि अब रिस राग भने रहेन ।तर सलमानको चलचित्र भारत मा प्रियंकाले काम गर्छिन या गर्दिनन त्यो भने हेर्न बाँकी छ।

Naumule Badhipahiro