हिटरबाट आगलागी बढ्दो फेरी ५ जनाको मृतु ,,

पुस २२ , पोल्याण्ड – जोड समयमा तातो गर्ने सबैको रोजाई हो ।तातोको क्रममा सबैको घर घरमा हिटर लागको छ। तर त्यो कतिखेर मान्छेको मृतु हुन्छ कसैलाई थाहा हुँदैन।
पोल्याण्डमा भएको आगलागीमा परी पाँच किरोशीको मृत्यु भएको छ। पोल्याण्डको उत्तरी क्षेत्रमा घरको बन्द कोठाभित्र रहेका बेला हिटरमा समस्या उत्पन्न भएर आगो लागेकाे हाे।
कोठाभित्र रहेका पाँच किशोरीको आगलागीमा परी मृत्यु भएको अनुसन्धानकर्ताहरुले बताएका छन्। कोस्जालिन सहरमा शुक्रबार यो घटना भएको हो। करिब १५ वर्ष आसपासमा ती किशोरीहरुको शव उद्धारकर्ताहरुले निकालेका छन्।
ती किशोरीमध्ये एक जनाको जन्मदिन परेकाले जन्मोत्सव मनाउने क्रममा आगलागी भएको बताएका छन्। उनीहरु ढोका लगाएर कोठा भित्र खेलिरहेका थिए।
घटनामा परी डढेर घाइते भएका एक जना २६ बर्षीय व्यक्तिलाई भने उपचारका लागि अस्पताल भर्ना गरिएको छ। हिटर नजिकै रहेको ग्यास सिलिण्डरबाट ग्यास चुहिएपछि आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
आगलागीबाट घर भित्रका सामानहरुमा समेत क्षति पुगको घटनास्थलमा पुगेका उद्धारकर्ताहरुले जानकारी दिएका छन्।
रासस
