कंसाकारलाई कालोमोसो दल्ने पक्राउ ,,

पुस २२ ,काठमाडौं – नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगरत्न कंसाकारलाई कालोमोसो दल्ने मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा क्रान्तिकारी युवा लिगका कार्यकर्ता चन्द्रागिरी,४ का ३७ वर्षीय सुरेश तामाङ रहेका छन् ।महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले शुक्रबार तामाङलाई थानकोटबाट आइतबार पक्राउ गरेको हो ।

वाइडबडी विमान प्रकरणमा घोटाला गर्न कंसाकारको मुख्य भुमिका रहेको भन्दै तामाङले कार्यकक्षमा गएर शुक्रबार कालोमोसो दलिएको थियो । कंसाकारले भने अफिसमा आएर ५ लाख चन्दा मागेका थिए मैले ५ हाजर दिन्छु भन्दा मोसो छर्केर भागे।

उनीहरुलाई गार्डले पक्राउ गर्न खोज्दा पनि भागेर गएका थिए। कंसकारमाथि दलियको कालोमोसो घटनाको जिम्मेवारी भने वैद्य माओवादीले लिएको छ।