२ घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहज ,,

पुस २४ ,काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले प्रयोगमा ल्याएको रेडियो फ्रिक्वेन्सीमा देखिएको समस्या समाधान भएको छ ।
विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले रेडियो फ्रिक्वेन्सीमा देखिएको समस्या समाधान भएको भन्दै अहिले उडान सहज भएको बताए । यसअघि फ्रिक्वेन्सीमा समस्या देखिँदा विमानस्थलबाट बाहिर जानुपर्ने विमान करीब दुई घण्टा प्रभावित भएका थिए ।
क्षेत्रीका अनुसार फ्रिक्वेन्सीमा समस्या आएको कारण एप्रोज र एरियामा खराबी देखिएको थियो । एप्रोचको समस्या तत्कालै समाधान भएपनि एरियाको समस्या समाधान गर्न भने केही ढिलाई भएको हो ।
