suekhet
bheriad

आँखा झिम्कायर सन्नी लियोनीलाई पछि पारिन को हुन् ई नाईका ?

lekabesi

रंग दर्पण ६ फाल्गुन -मुम्बई : भिडियोमा आँखा झिम्क्याएर चर्चामा आएकी नायिका प्रिया प्रकाश भारियरले इन्टरनेटमा सन्नी लियोनीलाई पछि पारेकी छिन् ।

मलायालम चलचित्र ‘ओरु अदार लभ’ बाट अभिनयमा डेब्यू गरेकी प्रिया अभिनित चलचित्रको गीत ‘मानया मलरया…’ रिलिज भएलगत्तै उनको गीतलाई केही घण्टामा लाखौंले हेरे । अहिलेसम्म उक्त गीतलाई १.६ करोडले हेरिसकेका छन् ।

यो चर्चासँगै उनलाई फिल्मको अफरसमेत आउन थालेको छ । अभिनेता निखिल सिद्धार्थको नयाँ फिल्मका लागि प्रस्ताव राख्दा उनले २ करोड पारिश्रमिक मागेकी छिन् ।

इन्टरनेटमा उनलाई ६ लाख बढीले खोजी गरेका छन् । इन्टरनेट खोजीमा उनी सन्नी लियोनीभन्दा माथी छिन् । इन्स्टाग्राममा उनलाई ३५ लाख बढीले पछ्याइरहेका छन् । इन्स्टाग्राममा उनको फलोअर्स बलिउड कलाकारमध्ये सबैभन्दा धेरै हो । पि्रयंका चोपडा, दीपिका पादुकोण, कटि्रना कैफ, शाहरुख खान, अमिताभ बच्चन लगायतको पनि ३५ लाख फलोअर्स पुगेका छैनन् ।

उनको गीत र भिडियो इन्टरनेटमा भाइरल भइरहेको बेला गीतले हैदरावादका मुस्लिम युवाहरुको भावनामा चोट पुर्‍याएको भन्दै प्रिया र फिल्म निर्माता बिरुद्ध उजुरीसमेत दर्ता भएको छ । तर, केरलाका मुख्यमन्त्री भने प्रियाको सपोर्टमा उभिएका छन् ।

यसअघि तीन छोटा फिल्ममा अभिनय गरेकी प्रिया अहिले वाणिज्य शास्त्र अन्तर्गत स्नातक अध्ययनरत छिन् । नृत्य प्रशिक्षण लिँदै गरेकी उनी यात्रामा रुचि राख्दछिन् ।