नेपालबाट हराउँदै गएको मयुर नाचलाई बचाउनमा जुट्यो प्रबासी सिम्ताली ,,

असोज २७ , काठमान्डौ – प्रबासी सिम्ताली हरु ले प्रबास बाटै सहयोग जुटायर सुर्खेत को सिम्ता म मयुर नाच संचालन को काम अगाडि बढाइ रहेका छन । यो नाचलाई स्थानिय भाषामा गररा नाचपनि भनिन्छ ,यो नाच अत्यन्तै लोकप्रिय नाच हो ।

भारत को गुजरात राज्यको जामनगरमा रोजगारी को सिलसिलामा रहनु भयका सिम्ताली दाजु भाइहरु मिलेर आफ्नो हराउदै गएको लोक सांस्कृतिक लाई बचाउने र यस्को बिकास गर्ने मुल उद्देश्यले प्रबासमा रहेका नेपालिहरुको जम्झटले यस्तो निस्कर्ष  निकाल्न थालेका छन् ।

,प्रबासमा रहेरपनि आफ्नो गाउँ समाजमा भएका रितिरिवाज लाइ कसरी संरक्षण र बिकास गर्न सकिन्छ भन्ने चिन्तन का साथ सबै साथी हरुको निस्कर्षले स्थानीयमा चल्ने र मनाउने रितिरिवाजलाई बचाई र संचालनमा ल्याउन प्रबासीमा रहेका नेपालिहरु एक्जुट भएका हुन् ।

यो लोकप्रिय नाच हाल सुर्खेतको सिम्ता , सल्यान ,रुकुम आदि जिल्लमा देखाईने गरिन्छ ।तर यी नाच अहिले हराउदै र लोप हुँदै गएका छन् ।

अहिले को जमाना आधुनिक्ता तर्फ लम्कदै गर्दा चाड पर्व , देउसी भैलो , मेला र अन्य प्रोग्राम हरु तिर साउन्ड बकस र रेकर्डगरेका गित हरु बजाउने नाच्ने चलन ले गर्दा मौलिक कला लाई धारासाही बनाउदै गयको छ ।

यो अबस्थामा सुद्द मौलिक अनि पुरानो सांस्कृति को बिकास पनि हुने र अझ भनौ दशै तिहार लाई लक्षित गरेर नाचिने यस्ता नाच ले चाड पर्व हरु लाई अत्याधिक मनोरन्जन प्रदान गर्न्न सकिने भयको हुँदा प्रबासी सिम्ताली हरुको रोजाइ मा यो योजना पर्न सफल भयको हो ।

सधैका बर्स हरुमा साउन्ड सिस्टम बाट नाचिने गाइने कार्यक्रम हरु हेर्दै दिक्क भैरहेको समाजमा प्रबासी सिम्तालीहरुले केही नँया काम गर्न खोजिरहेको छन् ।

प्रदेशमा गयको प्रदेसिघर आउने समय यहि दशै तिहार , र जन्मघर छोडी पराइ घर गयका चेलीहरु पनि भाइ टीका लगाउन जन्म घर आउने समय यहि भयका कारन यहि समयमा सबैले हाँसी खुसी र रमाइलो का साथ सधै भरीको लागि सम्झन लायक चाड पर्व हरु मनाउने र बनाउने उद्देश ले यो काम लाई सफल्ता दिन को लागि अगाडि बढी रहनु भयको छ ।

प्रबासमा रहेका सिम्तालीहरु को सहयोगमा सिम्ताली युवा कलब संग को सहकार्यमा बढेको यो काम करिब करिब सम्पन्न भै सकेको छ अहिले पनि यस्को गररा सिक्ने र सिकाउने काम अगाडि बढी रहेको छ यो तिहार सम्ममा एस्लाइ सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढेको छ ।

यति हुँदै गर्दा मयुर नाच संचालन को लागि धेरै सामाग्री हरु आबसेक पर्ने र पहिलो पटक भयको कारण सबै किन्नु र जुटाउनु पर्ने साथै मयुर नाच अथार्थ (गररा )खेल्न सिक्ने र सिकाइनु पर्ने भयको कारन प्रशिक्षण को आबस्यकता समेत पर्ने गर्दछ ।

मयुर गररा नाचलाई अगाडी बढाउन बचाउन र सन्रक्षन गर्न ठुलो आर्थिक समेत खर्च हुने गर्दा प्रबासी सिम्ताली मयुरनाच आभियानको टोलीले सबैसंग सहयोगको अपेक्षा समेत गरेको छ ।

यस्ता पुराना रितिरिवाजलाई बचाउनमा हजुरको पनि ध्यानकेन्द्रित हुनेसमेत भन्दै आ आफ्नो ठाँउबाट सहयोग गर्न चाहने साथीभाईहरुले निम्न ठेगानालाई आधारमानी सम्जिनुहोला ।धन्यवाद ,

सिम्ताली प्रबासीहरु ,

सहयोग को लागि नाम सुरेस नेपाली मोबाइल नम्बर :- +91 7016472024