वरिस्ठ निर्देशक शिव विकको माया लकडाउनमा निल्नु न ओकल्नु ,
गत वर्षको चैत ११ गतेदेखि सरकारले गरेको लकडाउनका कारण सबैलाई सकस दिएकोनै छ यो बाध्यता पनि हो।
तर जसले नेपालको पूर्ण रुपमा अर्थतन्त्र ,उधोग ,कलकारखाना ,व्यवसायी ,साना ठुला व्यवसायी नेपालि फ्लिमक्षेत्र गीत सगीत ,म्युजिक भिडियो पुरै धरापमा छ।
नेपालि गित संगीतमा सबै भन्दा धेरै र राम्रा गित संगीतका भिडियो, चलचित्र गितका भिडियो निर्देशित गर्ने निर्देशक शिव विकले निर्देशित गरेको म्युजिक भिडियो मोयाले हिजो देखि बजारमा सार्वजनिक गरिएको छ।
नेपालीको लागि यो समय तीजका गित बजारमा ल्याउने र रेकर्ड गर्ने काम भएपनि मनोरंजन क्षेत्रलाइ सरकारले अझै नखोल्ने भनेपछि सम्पूर्ण कलाकारकर्मी मारमा छन्।
मोयामा सहिमा श्रेष्ठ र बिक्रम रानाको स्वर छ भने दिपक शर्माको शब्द छ।गीतलाई अर्जुन तिवारीले खिचेका हुन् ,आकाश श्रेष्ठ र आरुषी मगरको गितमा अभिनय देखिन्छ।

