Gold
Bangad salyan

कर्णालीमा १४४० जनाले गरे रिमुभ कोरोना ,

असार १४ ,काठमान्डौ – कर्णाली प्रदेशमा हाल सम्म २१४ जनाले कोरोनालाई जितेर निको भई घर फर्कीएका छन्।ति मध्ये २०१ पुरुष र १३ महिला छन।

जसमध्य दैलेखका २०५ जना छन् ,दैलेखको नौमुले गाउँपालिकामा रहेको आइसोलेसन सेन्टरबाट ३ महिला र १२९ पुरुषगरी १३२ जना कोरोना संक्रमित निको भएर घर फर्केको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

तेसैगरि दैलेख डुंगेश्वर आइसोलेसन सेन्टरबाट सात महिला र ५६ पुरुष, दैलेख अस्पताल र नारायण आइसोलेसनबाट दुई महिला सात पुरुष, सुर्खेत सालकोट आइसोलेसनबाट १ महिला, ७ पुरुष र ठाँटीकाँध आइसोलेसन दैलेख र रुकुमपश्चिम अस्पतालबाट १ – १ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको महाशाखाका प्रमुख डा. तिवारीले बताए।

शनिबार २१४ ले कोरोना निकोभएसँगै हालसम्म कर्णालीमा यो सङ्क्रमणबाट निको भएर घर फर्कनेको सङ्ख्या ९३४ पुगेको छ । तेस्तै कर्णालीमा हाल सम्म संक्रमितको संख्या १४ सय ४० पुगेको छ।