Gold
Bangad salyan

माछापुच्छ्रे बैङ्कको ब्रान्ड एम्बासडरमा अभिनेत्री स्वेता खड्का नियुक्त ,

साउन ३ ,काठमाडौँ – अभिनेत्री स्वेता खड्का माछापुच्छ्रे बैङ्कको ब्रान्ड एम्बासडरमा नियुक्त भएकि छिन ।बैंकले व्यवसाय प्रवर्धनको लागि खड्कालाई एम्बास्डरमा नियुक्त गरेको हो ।

माछापुच्छ्रे बैङ्क लाजिम्पाटमा आयोजित एक कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नायिका खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

नायिका स्वेता खड्का एक सफा नायिका हुँदै हाल समाजसेवीमा पनि लागिपरेकी छिन।

एम्बासडरको रुपमा आवद्ध हुन पाउँदा आफूलाई खुसी लागेको बताउँदै आगामी दिनमा बैंकलाई थप उचाईमा पुर्याउन आफ्नो तर्फबाट आवश्यक भूमिका खेल्ने नायिका खडकाले प्रतिबद्धता जनाईन ।

माछापुच्छ्रे बैंकले देशभरका आफ्ना १५९ वटा शाखामार्फत अत्याधुनिक बैंकिङ सेवा प्रवाह गर्दै आएको छ ।