किशोरीको हत्या भएको सात महिना सम्म पत्ता लागेन हुलिया प्रहरी भन्छ सहयोग गर्नुहोस ,
लकडाउन देखि यता कसैको छोरी बुहारी हराएको छ भने जाहेरी दिएर सहयोग गरिदिन प्रहरी श्रोतको आग्रह ,
असोज १३ ,काठमान्डौ – अक युवतीको हत्याको घटना अन्सुअन्धन गर्न प्रहरीलाई निकै कठिन भएको छ। किन कि हत्या गरिएको शवमा किशोरीको टाउको काटेर फालीएको छ ,हात खुट्टाका पन्जापनि काटेर फालीएको छ।
यो शव गत वर्षको चैत १७ गते भक्तपुरको हनुमन्ते खोलामा फेला परेको थियो ,चैत ११ गतेबाट कोरोना रोकथाम तथा नियन्त्रणगर्न सरकारले लकडाउन गरिसकेको थियो।
शव पहिचान गर्न प्रहरीले ७७ वटा जिल्लमा हुलिया पठायो तर अहिले सम्म शव कसको हो भन्ने सम्म पत्ता लागेको छैन ,प्रहरीले चैत महिना अगाडी वा लकडाउन देखि बिचमा कोहि कसको छोरी बुहारी हराएको छ भने नजिकको प्रहरी कार्यालयमा हुलुया दिएर सहयोग गरिदिन आग्रह गरेको छ।
युवती ५ फिट २.३ इञ्चकी छन् र निलो सुरुवाल र कलेजी रङको कुर्था लगाएकी छन् ।संवेदनशील अंग पनि विग्रिएको हुनाले १७ देखि १९ वर्षकी युवतीको कसैले बलात्कारी पछि हत्या गरिएको हुनसक्ने फरेन्सिक टोलीले अनुसन्धानमा बताउने गरेको छ।
हाल सम्म शव कसको हो भन्ने हुन नसकेपछि अनुसन्धान गर्न गारो समेत भएको प्रहरी श्रोतले बताउ। हत्या अन्यत्र गरेर हनुमन्ते खोलामा फालीएको हुनसक्ने प्रहरीको भनाई छ। शव सडेको अवस्थामा फेला परेको थियो ,टाउको नभएपछि प्रहरीले खोलामा क्रसर लगाएर समेत खोजि गर्यो तर केहि पत्ता लगाउन सकेन।
हनुमन्ते करिडोर निर्माण भइरहेको ठाउँ आसपासमा काम गर्ने जो कोहीसंग सोध पुछ गर्दा पनि केहि जानकारी आउन नसकेको अनुसन्धानका अक अधिकृत बताउछन।
लकडाउन देखि यता हराएको भन्दै उजुरी परेका युवती मध्ये ८५ वटा घटनाको प्रहरीले अनुसन्धान गरिसकेको छ ,सबै पत्ता लागेका छन् ,तर हत्या गरिएकि यी युवतीको भने अहिले सम्म कसैले पनि जाहेरी दिएको छैन।
जसले गर्दा प्रहरीलाई अनुसन्धानमा निकै अफ्टेरो भएको प्रहरी श्रोतले जनाएको छ। यो घटनामा अहिले महाशाखाका प्रमुख दीपक थापा विभिन्न कोणबाट अनुसन्धानमा जुटेका छन् ,भक्तपुर प्रहरीकी एसपी तारादेवी थापा पनि महाशाखासमेतसँग समन्वय गरेर अनुसन्धान जारी राखिएको बताउँछिन्।

