होटेलबाट भोड्का रक्सी चोर्ने असईसहित तीन प्रहरी निलम्बित
जेठ १७ ,जनकपुरधाम- रक्सी चोरी गरेको आरोपमा असईसहित तीन प्रहरी निलम्बनमा परेका छन् । इलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी सहायक निरीक्षक नवल किशोर ठाकुर, प्रहरी जवानद्वय अन्नुकुमार राय र नरेशकुमार राय निलम्बनमा परेका हुन ।
लहान नगरपालिका वडा नम्बर २३ गढिया चोकस्थित पूजा होटल एवं एसके मदिरा पसलबाट भोड्का रक्सी चोरेको आरोपमा उनीहरुलाई निलम्बन गरिएको सिराहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माले बताए । निषेधाज्ञाका भइरहेको बेला जेठ ९ गते उनीहरु गस्तीमा खटिएका थि।
होटेलमा होहल्ला शान्त पार्न भन्दै खटेका उनीहरु होटेलमा पुगेपछि होटेल सञ्चालक भागेका थिए । त्यसपछि प्रहरीले होटेलबाट विभिन्न किसिमका रक्सी समाएर निस्कीएको भिडियो सामाजिक सञ्जालमा भाईरल भएको थियो। सामाजिक सञ्जालमा प्रहरी संगठनको तीव्र आलोचना भएपछि जिल्ला प्रहरी कार्यालयले निलम्बन गरी घटनाको अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।

