Gold

अविरल वर्षाले नेपालगञ्ज डुबानमा राप्तिनदिमा पानीको सतह बढ्न थाल्यो ,,

Naumule Migrate

१८ ,बाँके- हिजो राति देखि देश भर परेको अविरल वर्षाले नेपालगञ्ज डुबानमा परेको छ। , वर्षाले सबैभन्दा बढी सेतु विक चोक बिरेन्द्रचोक ,न्युरोड जलमग्न भयको छ ।, वर्षाले दैनिक याता यात लगायत पैदल यात्री विद्यार्थीलाई कस्टकर बनेको छ। नेपालगञ्ज उपमहानगरपालिकाका बेलासपुर, धम्बोझी, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँमासमेत डुबान भएको छ ।

नेपालगन्ज पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्रमा गनिन्छ। ,यहाँ वर्षेनी हुने डुबान हुने गरे पनि समस्या समाधानको उचित पहल हुन नसकेको स्थानीयको गुनासो छ । पानी निकासको प्रवन्ध नमिलाउँदा र सीमा क्षेत्रमा भारतीय पक्षले बाँध बाँध्दा नेपालगन्ज डुबानमा पर्ने गरेको छ ।

भारतले अन्तर्राष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध, कल्कलवा तटबन्ध र सीमा सडक निर्माण गरेपछि वर्षेनी गाउँ डुब्ने गर्दछन् । वर्षाले धेरै ठाँउमा प्रभावित हुने देखियको छ। तेस्तै राप्ति नदीमा पानीमा सतह बढ्दै गर्न थाले पछि तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी गरेको बताय।

Naumule Badhipahiro